


सुन्दरहरैँचा । सरकारी काम कहिले जाला घाम भने जस्तै सरकारी निकायहरुले विकास पनि बजेट सक्नैका लागि मात्र गर्दै आएको देखिन्छ । सुन्दरहरैँचा स्थित पुर्वपश्चिम लोकमार्गमा सडक मर्मत सम्भारको नाममा सडक डिभिजन कार्यालय विराटनगरले बजेट सक्नैको लागि मात्र मर्मत सम्भार गरेको हो कि भन्ने देखिन्छ ।


सडक डिभिजन कार्यालय विराटनगरले सडक मर्मतको नाममा मगँलबार राती सुन्दरहरैचा नगरपालिका स्थित विराटचौकको सडकलाई कालोपत्रे गरेको छ । तर उक्त सडक केहि महिना अघि मात्र उक्त कार्यालयले कालोपत्रे गरेको थियो । एकै स्थानमा एउटै सडकमा वर्षमा दुई पटक भन्दा बढी कार्यालयले मर्मत सम्भार गर्दा उक्त कार्यालयले बजेट सक्नका लागि मात्र मर्मत सम्भारको काम अगाडी बढाएको हो कि भन्ने प्रश्न नागरिकले गर्न थालेका छन ।


स्थानिय गगाँ निरौला भन्छनः “मगँलबार रातारात सडक कालोपत्रे गर्नुपर्ने किन र ? दिन भरि सडक डिभिजन कार्यालय कहाँ जान्छ ?” निरन्तर जनताले सडक मर्मत गर्दा उज्यालोमा गर्न आग्रह गर्दा समेत कार्यालयले चासो देखाएको छैन । राती सडक मर्मतको काम गर्दा कमसल समाग्री प्रयोग हुने नागरिकको बुझाई छ ।


सडक मर्मतको काम समयमा हुन नसक्नुको कारण के ? स्थानिय समाजसेवी रोहित शाह प्रश्न गछन् । विकास जहिले असारमा किन गर्ने ? के बजेट सक्नकै लागि विकास गरिएको हो ? । शाह भन्छन्ः “असारमा काम गर्दा धेरै दबाब हुन्छ जसले गर्दा सडकको गुणस्तर राम्रो हुदैन । केहि महिना अगाडि मात्र कालोपत्रे गरेको सडकमा फेरी कालोपत्रे गरिदैछ ।”
सडक विभागले मगँलबार गरेको कालोपत्रे सडक देखि करिब ५०० मिटर पश्चिमको सडकको अवस्था झनै दुःख लाग्दो छ । सडक विभागले जहाँ कालोपत्रे गर्नुपर्ने हो त्यहाँ गर्दैन जहाँ आवश्यकता नै छैन त्यहा गरिरहेको छ । यो त हदै सम्मको लापरवाही भएको स्थानिय बताउछन ।