


सुन्दरहरैचा । प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादी सुन्दरहरैचाका विनोद खवासलाई पक्राउ गरेको छ । खवास सुन्दरहरैचा नगरपालिका वडा नं ९ का हुन ।


पुनराबेदन अदालत बिराटनगरले खवासलाई दुई वर्ष कैद र दुई हजार जरिवाना फैसला सुनाएको थियो । तर खवास अदालतअको उक्त फैसाला आएपछी फरार रहेका थिए ।


खवासलाई सवारी ज्यान मुद्धामा पुनाराबेदन अदालत बिराटनगरको २०७१ चैत्र ११ गतेको फैसलाले कैद र जरिवाना तोकेको थियो । पक्राउ परेका खवासलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।


कैद तथा जरिवाना तोकिएता पनी हाल सम्म फरार रहँदे आएका खवासलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समुहबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान सुन्दरहरैचा-९ बाट पक्राउ गरेको हो ।