


संखुवासभा । संखुवासभामा हाइड्रोपावमा काम गर्ने एक जना कर्मचारीको मृत्यु भएको छ । चैनपुर नगरपालिका-६ स्थितमा रहेको हाइड्रोपावरमा कामा गर्ने कर्ने क्रममा करेन्ट लागेर दाङका २५ बर्षीय दिपक न्यौपानेको मृत्यु भएको हो ।


शनिबार साझ ४ बजे चैनपुर-६ स्थितमा बरुण हाईड्रोपावरको ३३ केभि प्रसारण लाईन मर्मत गर्ने क्रममा उक्त हाईड्रोपावरका प्लान अप्रेटर राप्ती गाउपालिका-३ दाङका २५ बर्षीय दिपक न्यौपाने करेन्ट लागेर घाइते भएका थिए ।


घाइते न्यौपानेको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृतक न्यौपानेको शवलाई पोष्टमार्टमको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाईएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको छ ।