


काठमाडौं । काठमाडौं महानगरपालिकाले र्यापर यम बुद्धको सालिक बनाउने घोषणा गरेको छ । नेपाली हिपहप इन्डस्ट्रीमा यम बुद्धको ठूलो योगदानको सम्मानमा उनको सालिक बनाउन लागिएको हो ।


सालिक बनाउन महानगरले बजेट समेत छुट्ट्याइसकेको छ । आगामी आर्थिक वर्षका लागि यमबुद्धको सालिक निर्माण गर्ने भन्दै महानगरले १५ लाख रुपैयाँ बजेट छुट्याएको हो ।


काठमाडौं महानगरपालिका मेयर बालेन साह समेत र्याप गायन बाट परीचित हुन । साह यम बुद्दद्वारा संचालित र्याप गायन सम्बन्धित कार्यक्रम ‘र बार्ज’ र्याप ब्याटलमार्फत नै र्याप क्षेत्रमा परिचित भएका हुन् ।


यम बुद्धको २०७३ माघमा लण्डनमा निधन भएको थियो । उनको जन्मथलो मोरङको सुन्दरहरैचा स्थित सलकपुर हो ।