


सुन्दरहरैचा । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सुन्दरहरैचाका भुमिहिन घरपरिवारलाई जस्तापाता उपलब्ध गराएका छन । कोइरालाले वडा नं ६ का भुमिहिन घरपरिवारलाई जस्तापाता वितरण गरेका हुन ।


नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कोइरालाले वडा नं ६ मा रहेका भुमीहिन रहेका २५ घरपरिवारलाई जस्तापाता उपलब्ध गराएका हुन ।


कोइराला नोना कोइराला स्मृति प्रतिष्ठानका संरकक्षक हुन । शनिबार सुन्दरहरैचा नगरपालिका वडा नं ६ स्थित चक्रे टोलमा वडा नं ६ का वडाध्यक्ष सन्तोष सन्तोष लिङदेन र काङ्ग्रेसका वरिष्ठ नेता कोइरालाको उपस्थितिमा भुमिहिन घरपरिवारलाई जस्तापाता वितरण गरिएको हो ।


कोइराला मोरङ क्षेत्र नं ६ बाट काङ्ग्रेसबाट आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वारी बन्ने दौडमा छन । अघिल्लो निर्वाचनमा एमालेका लालबाबु पण्डित सग पराजित भएका कोइराला पराजित भए पछी पुन: आफ्नो निर्वाचन क्षेत्रमा नै जनताको सेवा गर्नमा व्यस्त छन ।