


विराटनगर । आज बसेको सर्वदलिय बैठकमा समेत प्रदेश नं १ को नामाकरणको बिषय प्रवेश पाएन । आज बसेको सर्वदलिय बैठकमा समेत प्रदेश नं १ को नाम के राख्ने भन्ने बिषयमा राजनीतिक दलहरु सग सहमति जुट्न सकेन ।


प्रदेश सरकारले यही अधिवेशनबाट नाम टुङ्याउने बताए पनि हाल सम्म प्रदेश १ को नामाकरण गर्ने विष्यमा राजनीतिक दलसग सहमति जुट्न सकेको छैन ।


काँग्रेसले भूगोलकै आधारमा प्रदेश १ को नामाकरण हुनुपर्नेमा जोड दिदै आएको छ भने प्रतिपक्षी दल एमालेले कोशी प्रदेश राख्नु पर्नेमा जोड दिदै आएको छ ।


आजको सर्वदलिय बैठकमा भने यही अधिवेशनमा साझा नाम दिएर प्रदेश १ को नामाकरण गर्नुपर्नेमा सहमति भएको काङ्ग्रेस प्रमुख सचेतक सुयर्माराज राईले बताए । उनले नामले प्रवेश नपाएता पनि दलहरु बिच यही अधिवेशनमा नामाकरण गर्नुपर्ने सहमति भएको बताए ।
राईले सबै दल प्रदेशको नामाकरणको बिषयमा लचिलो हुनुपर्ने समेत बताए । आउदो बैठकमा नामाकरण सहितको बैठक हुने राईले बताए । राईले एकल जातियताको आधारमा काङ्ग्रेसले स्विकार गर्न सक्दैन तर बहुपहिचान र भौगोलिक पहिचानलाई काङ्ग्रेसले स्विकार गर्ने बताए ।