


बेलबारी । बेलबारी नगरपालिकाका पुर्व जनप्रतिनिधी ऐश्वर्यप्रसाद आचार्य (बिपिन) ले नेपाली काङ्ग्रेसको सक्रिय राजनीतिबाट विदा भएको घोषणा गरेका छन ।


आचार्यले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफुले नेपाली काङ्ग्रेस छोडेको घोषणा सोमबार गरेका हुन । उनले आफु कुनै पनि राजनितिक दलमा नजाने भन्दै स्वतन्त्र भएर बस्ने घोषणा गरेका हुन ।


आचार्य काङ्ग्रेसबाट निर्वाचित बेलबारी नगरपालिका वडा नं ३ का पुर्व वडा सदस्य हुन । उनी २०७९ को स्थानिय तहको निर्वाचनमा वडाध्यक्षको आकाक्षी रहेका थिए । तर उनलाई पार्टीले टिकट दिएन ।


उनले अबको बाकी यात्रा आफ्नो पढाई र व्यवसायलाई दिने र स्वतन्त्र भएर सामाजिक कार्यमा सलग्न हुने बताएका छन । उनले आगामी दिनमा म आफुलाई कुनै पनी राजनीतिक दलको व्यक्ती भनेर नहेरिदिनुहुन समेत सबै सग आग्रह गरेका छन ।