


सुन्दरहरैचा । किसानले उत्पादन गरेको ड्रागन फ्रुड्सको उत्पादनलाई बजारीकरण गर्न साथै प्रवर्द्धन गर्न सुन्दरहरैचा उधोग वाणिज्य संघले स्थलगत अध्ययन अवलोकन गरेको छ ।


संघका अध्यक्ष कृष्णप्रसाद रिजाल सहितको समुहले सुन्दरहरैचा नगर क्षेत्रमा ड्रागन फुडस उत्पादन गर्ने किसानको कृषि फर्ममा पुगेर स्थलगत अध्ययन अवलोकन गरेको हो ।


संघले सोमबार वडा नं ११ स्थित हरिमाया कृषि फर्ममा कृषकले उत्पादन गरेको कृषि उत्पादन ड्रागन फ्रुड्सको प्रवर्द्धन, बजारीकरण एवम् यस्का अवसर र चुनौती साथै आवश्यकताका बिसयमा छलफल गरेको हो ।


कृषकले उत्पादन गरेका खाधान्न सामाग्रीले बजार लिन सकेको छैन । जसले गर्दा कृषकको आर्थिक स्थिती समेत खस्किदै गएको छ । संघले कृषकले उत्पादन गरेको कृषि उत्पादनहरूलाई बजारमा प्रतिस्पर्धी बनाउन संघले स्थलगत अवलोकन गरेको संघका महासचिव नारायण कार्कीले बताए ।

