


उदयपुर । उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका-८ देउखुरी स्थितमा करेन्ट लागेर स्थानिय ६५ बर्षीय मन्तु चौधरीको मृत्यु भएको हो ।


बिहान ५ बजे कलमा जडान भएको मोटर चलाउँदा अचानक करेन्ट लागेर चौधरी घाइते भएका थिए । करेन्ट लागि गम्भिर घाइते भएका चौधरीलाई उपचारको लागि जिल्ला अस्पातल गाइघाट लगिएको थियो ।


चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

