


झापा । भारत अहमदाबाद गुजरातका जपडिया नरेश कुमार बाबु भाईको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हत्यामा संग्न रहेको आरोपमा तीन जनालाई शनिबार पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा झापा अर्जुनधारा-७ कि ३२ बर्षीया जानुका सुबेदी थापा, उनको ४९ बर्षीय श्रीमान बिर्ख बहादुर थापा र सुनसरी बराहक्षेत्र-१० का २५ बर्षीय सुरेश परियार रहेको प्रहरीले जनाएको छ ।


उनिहरुले हत्या गरी बाबु भाईको शव झापाको अर्जुनधारा नगरपालिका-४ सहासी टोल स्थित कच्ची सडक खण्डको ह्युम पाईप भित्र फालेका थिए । प्रहरीले बाबु भाईको शव असार १२ गते ह्युम पाईप भित्र बोरामा राखेको अवस्थामा फेला पारेको थियो ।


दुर्गन्धित अबस्थामा फेला परेको उक्त शव प्रहरीले भारतिय आधारकार्डको आधारमा भारत अहमदाबाद गुजरातका ४० बर्षीय जपडिया नरेश कुमार बाबु भाईको रहेको पत्ता लगाएको थियो । पक्राउ परेका तीनै जना माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।