


रामधुनी । सुनसरीको रामधुनीमा पानीमा डुबी एक जनाको मृत्यु भएको छ । वडा नं ३ सिघिया स्थित नहरको पानीमा डुबी महमत मियाँको मृत्यु भएको हो ।


आइतबार दिउसो १२ बजे स्थानीय ५० बर्षीय महमत नहरमा हात खुट्टा धुने क्रममा लडी नहरको पानीमा डुबेका थिए । उनलाई स्थानियले उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल ईनरुवा पुर्याएका थिए ।


महमतको अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

