


इटहरी । लगातार आएको वर्षका कारण सप्तकोशी नदिको बहाव बढेको छ । नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा शतर्कता बढाइएको छ ।


बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन, माछा मार्न, दाउरा नदीबाट झिक्न जस्ता लगायतका कार्यमा रोक लगाएको छ । प्रशासनले खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखेको जनाएको छ ।


नदिमा पानीको बहाव पछील्लो मापन अनुसार १ लाख २६ हजार ५ सय ५ क्यूसेक प्रतिसेकेण्ड रहेको छ । कोशी ब्यारेजका १६ ढोका खोलिएका छन् ।


नदीको बहाव बढ्दो क्रममा देखिएपनि अहिलेसम्म कहीँ कतै खतरा भने नरहेको प्रशासनले जनाएको छ । पुर्वी क्षेत्रमा लगातार आएको वर्षाका कारण मंगलबार देखी सप्तकोशी नदिमा पानीको बहाव बढ्न थालेको हो ।
नदीको बहाव बढ्दो क्रममा रहेपनि सबै तटबन्ध तथा स्परहरु सुरक्षित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी यादवले तटीय क्षेत्रका बासिन्दालाई भने शतर्कता अपनाउन आग्रह गरेका छन ।