


बेलबारी । लगातार परेको वर्षाका कारण बेलबारी नगरपालिकाका अधिकांश क्षेत्रहरु जलमग्न भएकाे छ । स्थानीय ढल तथा खोलाहरू भरिएर आएको बाढी सडक तथा मानव बस्तीमा प्रवेश गर्दा बेलबारीको आधिकांश क्षेत्रहरु जलमग्न भएकाे हाे ।


मंगलबार बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइरालाले डुबान क्षेत्रका विभिन्न भागहरुको अवलोकन गरेकी छिन । बेलबारीको लोहन्द्रा लगायत अन्य सानासाना खोलाहरुमा बाढीको अवस्था बढ्दै गइरहेकाे छ ।


उपमेयर कोइरालाले बेलाबारीका विभिन्न वडाहरुमा भएको बाढीको क्षतीहरुको स्थलगत अवलोकन मंगलबार गरेकी हुन । बेलबारी नगरपालिकाको वडा नं ९,६ र ११ लगायत अन्य केही वडाहरुमा बाढीले असर गरेको वडा नं ११ का वडाध्यक्ष विक्रम वान्तवा राईले बताए ।


निरन्तर आइरहेको वर्षाले के कती क्षति भएको तत्काल भन्न् नसकिने बताउदै आफु बाढी प्रभावित क्षेत्रमा नै स्थलगत अवलोकनमा रहेको अध्यक्ष राईले बताए ।