


सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाबाट अवैध गाँजा सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । वडा नं ५ स्थित बलियाबाट प्रहरीले सागुरिगढी गाउपालिका बस्ने तीन जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा धनकुटा सागुरिगढी गाउँपालिका वडा नं.-८ बस्ने बर्ष ३० को सुरेन्द्र राई, बर्ष २९ को मिलन राई र वर्ष २९ को बाला राई रहेका छन ।


सडक किनारामा शंकास्पद रूपमा हिडिरहेका तीन जनाबाट प्रहरीले ८ केजी गाजा समेत बाराअंअद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी पोष्ट बलिया मोरङबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गाजा सहित तीन जनालाई पक्राउ गरेको हो ।


पक्राउ परेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।