


सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा स्थित भट्टराई चौकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको महिलाको मृत्यु भएको छ । मंगलबार साझा ५ बजे तिर वडा नं ११ स्थित भट्टराई चोकमा मोटरसाइकल दुर्घटना हुँदा ति महिलाको मृत्यु भएको हो ।


भित्री पक्कि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाइकलबाट हाम फाल्दा सोही नगरपालिका स्थित ११ मा बस्ने वर्ष ३० कि देब कुमारी श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।


घाइते महिलाको उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको र उपचारको क्रममा उक्त महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक बर्ष-३१ को सन्देश श्रेष्ठ रहेका छन ।


आफ्नै श्रीमानले कुदाई राखेको मोटरसाइकलले साइकललाई जोगाउने क्रममा दुर्घटना हुँदा पछाडि सवार उक्त महिला मोटरसाइकलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।