


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । वडा नं १३ स्थित मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।


मृत्यु हुनेमा सोही वडा स्थित पोर्ता बस्ने ५२ बर्षीय कुमार बस्नेत रहेका छन । सोमबार साझ बा.९ च ३८४६ नम्बरको बलेरो गाडी अनियन्त्रित भई भित्तामा ठोक्किई दुर्घटना भएको थियो ।


दुर्घटनाबाट कुमार बस्नेत घाइते भएका थिए । घाईते बस्नेतलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो । उनको उपचारको क्रममा अस्पातलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


बलेरो गाडी स्थानीय ३७ बर्षीय ईन्द्र चौधरीले चलाएका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरले बलेरो र चालक ईन्द्र चौधरीलाई नियन्त्रणमा लिएर घटना सम्वन्धमा थप अनुसन्धान गरिहेको छ ।