


सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका स्थित जोगियारेमा जग्गा विवादमा कुटाकुट हुँदा एक जना घाइते भएका छन । सुन्दरहरैचा २ जोगियारेमा जग्गा विवादमा कुटाकुट हुँदा प्रविण अधिकारी घाइते भएका हुन ।


पैनीको सिमाना बिषयलाई लिएर ४५ बर्षका शेर बहादुर कार्की २८ बर्षका प्रबिण अधिकारी बिच विवाद उत्पन्न भएको स्थानिय पत्रकार एल एन गच्छदारले बताएका छन ।


विवाद हुँदै गर्दा प्रविण अधिकारी माथी हातपात भएको स्थानिय प्रत्यक्षदर्शीले बताएका गच्छदारले बताए । घाइते अधिकारीलाई उपचारका लागि न्युरो हस्पिटल बिराटनगर लगिएको छ ।


अधिकारीको अनुवारमा चोटपटक लागेको छ । कार्कीलाई ईलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको छ । स्थानियले सामान्य बिबादका कारण छिमेकी छिमेकी बिच भएको कुटाकुटमा सत्य तथ्य छानबिन गरिनुपर्ने बताएका छन । विवाद छुट्याउने जानेक्रममा कार्की पुन: स्थानियहरु लाई समेत कुटपिट गर्न जाइलागेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन ।