


झापा । मेडिकल व्यवसायी दुर्गा पर्साईले सुनको लौरो उपहार पाएका छन । उनलाई दुबईका राजकुमार जुमा अल मोक्तुमले उक्त सुनको लौरो उपहार दिएका हुन ।


पर्साईले राजकुमारलाई चन्द्रगढी विमानस्थल स्वागत गरेका थिए । राजकुमारको झापा भ्रमण दुई दिनको हुने बताइएको छ । झापासँगै काठमाडौं र पोखराको भ्रमण गर्ने कार्यतालिका छ।


उनले आफ्नो दुई दिने झापा भ्रमणको क्रममा बिर्तामोडमा रहेको बिएण्डसी तथा पुर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका साथै पेट सम्बन्धीको सिटी स्क्यान मेसीनको समेत उद्घाटन गर्ने छन ।


राजकुमार पर्साईकै निमन्त्रणालाई स्विकार गरी नेपाल भ्रमण गर्न आएको बताइएको छ । पर्साई नेकपा एमालेका केन्द्रिय सदस्य समेत हुन ।