


सुन्दरहरैचा । महेन्द्र राजामार्गमा पर्ने मोरङको सुन्दरहरैचा नगरपालिका ०९ विराटचौकमा शुक्रबार बिहीबार साँझ मोटरसाइकलले ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।


पुर्बबाट पश्चचिम तर्फ जादै गरेको को २९ प ६२०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सुन्दरहरैचा नगरपालिका वडा नं ११ बस्ने ३० वर्षीय झुमा बिष्ट र उनकी छोरी १ वर्षीय रुबिना बिष्ट घाईते भएको प्रहरीले जनाएको छ् ।


बाटो क्रस गने बेलामा पुर्बबाट आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते दुवैलाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लगिएको प्रहरीले जनाएको छ ।


मोटरसाइकल चालक इटहरी २ बस्ने २२ वर्षिय गोपाल चिमरिया रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चिमरिया बिरामीको उपचारमा सलग्न छन भने निजको मोटरसाइकल ईलाका प्रहरी कार्यालय विराटचौकको नियन्त्रणमा रहेको छ ।