


सुन्दरहरैचा । मोरङ क्षेत्र नं ६ मा प्रतिनिधि सभा सदस्यको लागि रमेशजंग रायमाझी उठ्ने भएका छन । काङ्ग्रेसबाट रायमाझिले प्रतिनिधी सभा सदस्य पदमा उठ्ने बिषयमा पार्टी भित्र छलफल गरिरहेका छन ।


रायमाझी काङ्ग्रेस प्रदेश नं १ का उपसभापती हुन । उनी राष्ट्रिय सभा सदस्य समेत हुन । काङ्ग्रेस स्रोतका अनुसार रायमाझी प्रतिनिधि सभा सदस्यमा उठ्नकै लागि राष्ट्रिय सभा सदस्य पदबाट रजिनामा दिने तयारीमा छन ।


मोरङ क्षेत्र नं ६ बाट यस अघी शेखर कोइराला प्रतिनिधि सभाका उम्मेद्वार रहेका थिए । उनी एमालेका नेता लालबाबु पण्डित सग पराजित भएका थिए । तर शेखर प्रती क्षेत्रमा निकै विवाद आए पछी आफुले उम्मेद्वारी दिन चासो राखेको रायमाझी स्रोतले बताएको छ ।


अझ शेखरलाई सुन्दरहरैचाको मेयर हराएको समेत आरोप लाग्दै आएको छ । आफ्नो ६ नं क्षेत्रमा सुन्दरहरैचा नगरपालिका बाहेक अन्य पालिकामा काङ्ग्रेसले विजयी गरे पनि कार्यपालिका सदस्यमा भने काङ्ग्रेसको लज्जास्पद हार भएको छ ।
प्रतिनिधि चयनमा कोइराला समुहले एकलौटी गरेका कारण पनि काङ्ग्रेसले विजयी हासिल गर्न नसकेको रायमाझी निकट एक व्यक्तीले बताए । रायमाझीले ६ नं क्षेत्रमा उठ्ने चाहना गरेपछी शेखर कोइराला कहाबाट उठ्ने भन्ने अन्यौल रहेको छ । रायमाझिका अनुसार शेखर क्षेत्र नं २ जानुपर्ने रहेको छ ।
“कोइराला समुहको कमाण्ड सम्हालेका शेखरको ईतिहास पनि २ नं हो उहा त्यही जादा काङ्ग्रेस बलियो हुन्छ”, रायमाझी निकट व्यक्तीले भने । गिरिजाप्रसाद कोइराला समेत २ नं क्षेत्रबाट उठेका कारण शेखर पनि उतै जानुपर्ने उहाहरुको धारणा छ ।
मोरङ क्षेत्र नं ६ मा काङ्ग्रेसको उपस्थिती निकै कमजोर छ, कमजोर उपस्थितिलाई बलियो बनाउन समेत प्रतिनिधि सभामा मेरो दाबी रहेको रमेशजंग रायमाझिको भनाई छ ।