


सुन्दरहरैचा । नेपाली काङ्ग्रेस मोरङका नेता दिलिप गच्छदार प्रतिनिधि सभा सदस्यमा उठ्ने तयारीमा छन । काङ्ग्रेस स्रोतका अनुसार गच्छदार मोरङ ३ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्दैछन ।


देउवा समुहबाट हस्तक्षेप गरेर भए पनि उनी यस पटक प्रतिनिधि सभा सदस्यमा उठ्ने तयारी गरेको स्रोतले बताएको छ । अघिल्लो पटक प्रतिनिधि सभा सदस्यमा मोरङ ३ बाट सुनिल शर्माको उम्मेद्वारी रहेको थियो । शर्मा एमालेका भानुभक्त ढकाल सग झिनो मतले पराजित भएका हुन ।


स्रोतका अनुसार गच्छदार प्रतिनिधि सभा सदस्यको टिकट पाउन काङ्ग्रेस नेताहरुसगको भेटवार्तामा छन । उनले नेताहरुसगको भेटवार्ता समेत बाक्लो बनाएका छन । गच्छदारले मोरङ जिल्लाका काङ्ग्रेस केन्द्रिय सदस्यहरु सगको भेटलाई निकै बाक्लो बनाएका छन । स्रोतका अनुसार जिल्लाका केन्द्रिय सदस्यहरुको आश्वासन पाएका गच्छदारले केन्द्रिय सदस्यहरुकै सहमतिमा केही दिन अघि काङ्ग्रेस सभापति शेरबहादुर देउवा सग समेत भेट गरेका छन ।


गच्छदारलाई सभापति देउवाको बलियो आश्वासन छ । गच्छदार काङ्ग्रेसमा अमृत अर्याल र शेरबहादुर देउवाका नजिकका व्यक्ती हुन । १४ औ महाधिवेशमा उनी देउवा समुहबाट मोरङको सभापति उम्मेद्वार हुन । उनी डिक बहादुर लिम्बु सग पराजित भएका हुन ।
स्थानिय तहको निर्वाचनमा मोरङमा कोइराला समुहका शिर्ष नेताहरुले अन्तरघात गरेको आरोप लागेको छ । मोरङको पथरिसानीश्चरे, बेलाबारी र सुन्दरहरैचामा कोइराला समुहले व्यापक अन्तरघात गरेर आफ्नै पार्टीका उम्मेद्वार हराउन लागेको कोइराला समुहलाई आरोप लागेको छ ।
सुनिल शर्मा कोइराला समुहका व्यक्ती हुन । उनकै नेतृत्वमा पथरिसानीश्चरे, बेलाबारी र सुन्दरहरैचामा काङ्ग्रेस उम्मेद्वार हराउन अरु शिर्ष व्यक्ती लागे भन्ने आरोप मोरङमा छ । शर्मा मोरङमा क्षेत्र नं ३ मा विवादित व्यक्ती हुन । उनी पार्टी भित्र र बाहिर समेत विवादित व्यक्ती हुन । शर्मा विवादित व्यक्ती भएकै कारण गच्छदारलाई प्रतिनिधि सभाको सदस्य पदको लागि बलियो उम्मेद्वारको रुपमा हेरिएको छ ।