


सुन्दरहरैचा । नेपाली कांग्रेसका केन्द्रिय प्रवक्ता प्रकाशसरण महतले अन्तरघातीहरुलाई कारबाही हुने बताएका छन । चितवन क्षेत्र नं ३ को कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता महतले आफ्नै पार्टीका उम्मेद्वार माथि भोट नहाल्ने व्यक्तीलाई कारबाही हुने बताएका हुन ।


उनले स्याङ्जा र मोरङको सुन्दरहरैचा नगरपालिकामा पार्टिका उम्मेद्वारको नाम लिदै पार्टी कै उम्मेद्वार हराउन नेता लागे उनिहरुलाई सानो तिनो कारबाहीले मात्र नहुने भन्दै ठुलो कारबाही गर्नु पर्ने बताए ।


उनले बेलैमा अन्तरघातीहरुको पहिचान गरी कारबाहीको निर्णय लिनुपर्ने बताए । उनले सुन्दरहरैचा नगरपालिकाको उदाहरण दिदै भने, “कमजोर ठाउमा काङ्ग्रेसले जितेको छ तर काङ्ग्रेसको जित्ने वडा आएपछी काङ्ग्रेसले हारेको छ, कारण के अन्तरघात हैन र ?”


उनले पार्टिमा अन्तरघातकै कारण काङ्ग्रेसले सोचे जस्तो सिट ल्याउन नसकेको बताए । पार्टीका जिम्मेवार पदमा बसेर आफ्नै पार्टीका उमेदवारलाई हराउन लागिपर्ने कसैलाई पनि पार्टीको जिम्मेवारीमा रहने छुट नभएको उनले बताएका छन ।