


लेटाङ । मोरङको लेटाङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । लेटाङ–३ मा नरिबल झार्न रुखमा चढेका बेला लडेर एक जनाको मृत्यु भएको हो ।


मृत्यु हुनेमा २३ वर्षीय अशोक राई रहेको प्रहरीले जनाएको छ । नरिबल झार्नलाई चढेका उनी लडेर साँझ गम्भीर घाइते भएका थिए।


उनको उपचारको क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेको छ ।

