


सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा रहेका ३९ वटा सस्थाले एकै साथ नव निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना दिएका छन । नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य तथा कार्यपालिका सदस्यहरुलाई ३९ वटा सस्थाहरुले एकै साथ बधाई तथा शुभकामना दिएका हुन ।


सुन्दरहरैंचा नगरपालिकामा रहेका सुन्दरहरैंचा उधोग बाणिज्य संघ, सुन्दरदुलारी उधोग बाणिज्य संघ, जेसिज इन्द्रपुर, जेसिज गछिया, लायन्स क्लब जस्ता ३९ वटा संघ सस्थाले शनिबार सयुक्त रुपमा कार्यक्रम आयोजना गरेर बधाई तथा शुभकामना दिएका हुन ।


कार्यक्रममा सुन्दरहरैंचा उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण रिजालले नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै नगरको फोहोरमैला व्यवस्थापनको समस्या माथि प्रश्न गरेका थिए । उनले नगरप्रमुख केदारप्रशाद गुरगाईको ध्यानाकर्षण गराउदै नगरमा रहेको प्रमुख समस्या फोहोरमैला व्यवस्थापन रहेको बताउदै उत्पन्न फोहोरमैला व्यवस्थापनको समस्यालाई अन्त्य गर्नु पर्ने बताएका थिए ।


त्यस्तै सुन्दरहरैंचा उधोग बाणिज्य संघका पुर्व अध्यक्ष भोलेश्वर दुलालले देशकै नमुना शौचालयको बिषयमा जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए । उनले सुन्दरहरैचामा निर्माण हुँदै गरेको सार्वजनिक शौचालयले देशकै ध्यान खिच्न सफल भएको बताउदै अन्य एस्थानमा बन्न नसकेका शौचालय निर्माणमा जनप्रतिनिधिको ध्यान पुग्नु पर्ने बताएका थिए ।
कार्यक्रमा विभिन्न ३९ वटा संघ सस्थाका प्रतिनिधिहरुले विभिन्न क्षेत्रको बिषयमा आफ्न विचारहरु राखेका थिए ।