


सुन्दरहरैचा । संघले सबै भन्दा बढि बजेट सुन्दरहरैचा नगरपालिकालाई छुट्याएको छ । आगामी आर्थिक वर्षको लागि संघले अमुदान स्वरुप सुन्दरहरैचालाई ६८ करोड २७ लाख बराबरको अनुदान रकम छुट्याएको हो ।


यो मोरङको नगरपालिका मध्ये सबै भम्दा बढी बजेट पाउने नगरपालिका हो । मोरङमा नगरपालिका मातहत सबैभन्दा कम बजेट पाउने नगरपालिका लेटाङ नगरपालिका हो ।


लेटाङ नगरपालिकालाई ३६ करोड ३९ लाख बजेट परेको छ । यस्तै उर्लाबारी नगरपालिकालाई ६१ करोड १७ लाख, पथरीशनिश्चरे नगरपालिकालाई ४६ करोड ३० लाख, बेलबारी नगरपालिकालाई ५२ करोड ३९ लाख, रंगेली नगरपालिकाका लागि ४७ करोड ३२ लाख, रतुवामाई नगरपालिकाका लागि ५१ करोड ६९ लाख र सुनवर्षी नगरपालिकाका लागि ३९ करोड ६६ लाख बजेट परेको छ ।


मोरङको विराटनगर महानगरपालिकाले १ अर्ब २१ करोड ८५ लाख बजेट पाएको छ । चालू आर्थिक वर्षमा भन्दा महानगरले पाएको यो बजेट २ करोड बढी हो ।