


सुन्दरहरैचा । मोरङबाट लागु औषध सहित एक जनालाई प्रारीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका वडा नं ७ का का २३ बर्षीय दिपक चौधरी रहेका छन ।


लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई हिजो बिहिबार साझ ४ बजे विराटनगर महानगरपालिका १६ दरैया स्थितबाट लागुऔषध लुपिजेशिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाईजेल्याब १२ एम्पुल, फेनारगन १२ एम्पुल, नाईट्रोसन २० ट्याब्लेट सहित पक्राउ गरेको हो ।


पक्राउ परेका चौधरी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

