


सुन्दरहरैचा । मोरङको सुन्दरहरैचाका युवाहरुले बालेन शाह र हर्क सुब्बाको जितमा धन्यवाद सहितको बाइक र्याली निकालेका छन ।


बालेन शाह काठमाडौमा विजयी भएका छन भने हर्क सुब्बा धरानमा विजयी भएका छन । र्याली सुन्दरहरैचाको खोर्साने बजारबाट शुरु भएर इटहरी परिक्रमा गर्दै विराटचौकमा आएर कोणसभामा परिणत भएको थियो ।


४०/५० जनाको युवा समुहले निकालेको उक्त र्यालीले इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि, सुन्दरहरैचाको गछिया, गोठगाउ, सलकपुर र विराटचौकाका स्थानहरुमा कोणसभा गर्दै सरकारले गरेको मुल्यवृद्धिको विरोध समेत गरेको थियो ।


बालेन र हर्कको विजयीमा खुशी व्यक्त गर्न युवाहरु आफै स्वतन्त्र रुपमा र्यालीमा सहभागि भएको कार्यक्रमका संयोजक यादव पौडेलले बताए ।
पौडेलले देशमा जनता लुट्ने , जनताको ढाड सेक्ने गरि वृद्धि भएको मुल्यवृद्धिको विरोध गर्न समेत कार्यक्रमको आयोजना गरिएको बताए ।