


सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ९ स्थित भित्री सडक खण्डमा शनिबार राति ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।


खण्डमा दक्षिणबाट उत्तर तर्फ आई पुर्ब तर्फ मोड्ने क्रममा प्र.२-०३-०१ त ३२६६ न.को ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ट्याक्टरमा सवार सप्तरी तिलाठी कैलाडी गाउपालिका वडा नं ५ बस्ने बर्ष १६ को मुकेश राय, सोही ठाउँ बस्ने बर्ष ३० को दिनेश मण्डल रहेका छन ।


घाइते दुबै जनाको विराटचौक स्थित सुकुना सामुदायिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइते दुबैको हात खुट्टामा चोटपटक लागेको प्रहरीले जनाएको छ ।


दुर्घटनाको कारण टर्निङ भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात ट्याक्टर चालक भने फरार रहेका छन ।