


सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाको मेयर बन्नका लागि एघार जनाले उम्मेद्वारी दर्ता गरेका छन । स्थानिय तहको निर्वाचनमा सहभागी हुनका लागि आईतवार र सोमबार निर्वाचन आयोगले उम्मेद्वारको मनोनयन दर्ता प्रकृया अघी बढाएको थियो ।


सुन्दरहरैचामा मेयर बन्नका लागि ०६ जनाले राजनीतिक दलबाट र ५ जनाले स्वतन्त्रबाट मेयर पदमा उम्मेद्वारी दर्ता गराएका छन । एघार जनाले मेयर पदमा उम्मेद्वारी दिदा भने सबै जना पुरुष रहेका छन ।


शिवप्रसाद ढकाल नेपाली काङ्रेसबाट , केदार गुरगाई नेकपा एमालेबाट , कृष्णदेव मंगोल नेशनल अर्गनाइजेशनबाट, राम बहादुर खत्री रा.प्र.पा नेपालबाट, हेमन्तकुमार भट्टराई विवेकशिल साझा पार्टीबाट, पर्शुराम घिमिरे समावेशी पार्टीबाट, प्रकाश भट्टराई स्वतन्त्र तर्फबाट, टिकाराम गौतम स्वतन्त्र तर्फबाट, जीवन बस्नेत स्वतन्त्र तर्फबाट, कविराज पोखरेल स्वतन्त्र तर्फबाट र कमल अधिकारीले स्वतन्त्र तर्फबाट मेयर पदका लागि उम्मेद्वारी दर्ता गराएका हुन ।

