


सुन्दरहरैंचा । स्थानीय निर्वाचन आउन ३० दिन बाकी रहँदा नेकपा नेकपा माओवादी केन्द्र सुन्दरहरैंचाले नगर प्रमुख र उपप्रमुखमा तीन तीन जनाको नाम सिफारिस गरेको छ ।


नगरसचिवालयको बैठकले नगर प्रमुखमा कुमारी राई (रचना), लक्ष्मी न्यौपाने (लता) र दुश्यन्त भट्टराईको नाम सिफारिस गरेको छ । यस्तै उपप्रमुखमा भने नवराज चापागाईं, सिता कडरिया र गिताप्रसाद श्रेष्ठलाई सिफारिस गरिएको छ ।


माओवादी केन्द्रले प्रदेश सदस्य खेमराज सुन्दास (अरुण)को नेतृत्वमा लता न्यौपाने, गिता श्रेष्ठ र दुश्यन्त भट्टराई रहेको गठबन्धन दलहरुसँग वार्ता गर्ने समिति पनि निर्माण गरेको छ । बैठकले भोली (शुक्रबार)सम्ममा सबै वडाको उम्मेद्वार सिफारिस गरिसक्ने र संगठन विस्तार तथा सुदृढीकरणका साथै जारी रहेको चुनावी अभियानलाई लिएर निरन्तर जनतामा जाने निर्णय पनि गरेको छ ।

