


सुन्दररहैँचा । सुन्दररहैँचामा जारी दोस्रो खोर्साने महोत्सव २०७८ को तेस्रो दिनको दिन डम्बर नेपालीको प्रस्तुति रहने छ ।


चैत ३० गते समुद्घाटन भएको महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । मेलामा खाद्य परिकारका साथै विभिन्न स्टलहरूसमेत रहेका छन् ।


चैत ३० देखि वैशाख ११ गते सम्म चल्ने यो महोत्सवमा प्रत्येक दिन साँझ स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने महोत्सव संयोजक सोमराज गिरिले जानकारी दिएका छन् ।


खोर्साने युवा क्लब अध्यक्ष काजिहाङ लिम्बू स्थानीय पर्यटनको प्रवर्धनका लागि महोत्सवको आयोजना गरिएको बताउँछन् । शान्ति सुरक्षाको राम्रो व्यवस्था गरिएकोले ढुक्क भएर मेलामा आएर रमाइलो लिन अध्यक्ष लिम्बू आग्रह गर्दछन् ।