


सुन्दरहरैचा । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि माओवादीले काङ्ग्रेससग गठबन्धन गर्ने भएको छ ।


माओवादी केन्द्रका सुन्दरहरैचा नगर कमिटिका अध्यक्ष दुश्यान्त भट्टराईले माओवादी काङ्ग्रेस सग गठबन्धन गर्न तयार रहेको बताएका हुन ।


भट्टराईले माओवादीको तर्फबाट इष्ट खबर सग बोल्दै नगरमा एक उपमेयर सहित २४ सिट मागेका छन । उनले गठबन्धनमा सम्मानजनक उपस्थिती भए काङ्ग्रेस सग सहकार्य गर्ने बताएका छन ।


भट्टराईले हामी काङ्ग्रेस जस्तो नभएर हामी केन्द्रको निर्णय मान्ने बताए । उनले भने केन्द्रमा एक थरी निर्णय र स्थानिय तहमा एक थरी निर्णय हामी गर्दैनौ । काङ्ग्रेस गठबन्धन गरेर अघि बढ्म खोजे माओवादी तयर रहेको बताए ।
उनले एमाले सग माओवादीले गठबन्धन गर्ने जुन हल्ला चलेको छ त्यसमा नलाग्न समेत आग्रह गरे । काङ्ग्रेस सग गठबन्धन नगरे हामी एक भएर लड्छौ तर एमाले सग गठबन्धन नगर्ने उनले बताए ।
काङ्ग्रेस सग गठबन्धन नभए हामी मेयर सहित सबै पदमा उम्मेदवार दिन्छौ , भट्टराईले भने । हामी कमजोर छैनौ , कुनै पनि हालतमा यश पटक नगरको नेतृत्वमा माओवादीलाई प्रवेश गराउछौ ।
उनले माओवादीको नेतृत्वमा आएको सरकारले जनतालाई दुख नदिने समेत उद्घोष गरे । उनले केन्द्रले सबै अधिकार स्थानिय तहमा दिएको कारण गठबन्धन गर्ने नगर्ने स्थानिय तहमा नै निहित रहेको छ । तर काङ्ग्रेसले हामी सग गठबन्धन गर्ने वा नगर्ने मुख्य कुरा रहेको बताए ।
भट्टराईले यदि नगरमा गठबन्धन सरकार नबने काङ्ग्रेसले समेत आफ्नो अवस्था थाहा पाउने बताए ।
तर एकीकृत सामाजवादीले नगरमा उपमेयर सहित ४ वटा वडाध्यक्ष माग गरेको छ । एसले उपमेयर नपाए गठबन्धन नगर्ने समेत चेतावनी दिदै आएको छ ।