


सुन्दरहरैचा । आगामी वैशाख ३० गतेको स्थानिय तहको निर्वाचनको लागि मेयरमा सुन्दरहरैचा नगरपालिकामा एमालेको तर्फबाट ४ जनाको नाम चर्चामा रहेको छ ।


मेयरमा एमालेको तर्फबाट पुर्व मन्त्रीको नाम समेत चर्चामा रहेपछी निर्वाचन थप रोजक र उत्साह बनेको छ । मोरङको दोश्रो स्थानिय तह समेत रहेको सुन्दरहरैचा नगरपालिकामा चुनावी रौनक बढेको छ ।


काङ्ग्रेस गठबन्धनमा अल्झिरहदा स्थानिय तहमा प्रतिपक्ष समेत रहेको एमालेले चुनावी गतिविधिलाई तिव्रता दिदै आएको छ । नेकपा एमालेको तर्फबाट मेयर पदका लागि पुर्व मन्त्री तथा प्रदेश सांसद राजकुमार ओझा, सुरेन्द्रबहादुर थापा, केदार गुरागाई र अजम्बर राईको नाम चर्चामा छ ।


यता नेपाली कांग्रेसबाट मेयर पदका लागि हालका मेयर शिवप्रसाद ढकाल, नगरसभापती भक्तीप्रसाद सिटौला र देवराज तामाङको नाम चर्चामा छ ।
तर निर्वाचन नजिकिदै गर्दा एमाले भित्र कार्यकर्ता तथा नेताहरु बिच नै शंका उपशंका उब्जिएको छ । २०७४ सालको निर्वाचनमा मेयरमा पराजित भएका केदार गुरागाईले यसपटक पुनः उम्मेदवार बन्ने आंकाक्षा गरेका छन तर उनी मेयर पदमा अयोग्य रहेको उनकै पार्टीबाट आवाज आउने गरेको छ । यदि उनले टिकट पाए पार्टी भित्रै पुनः अन्तरघात हुने अवस्था रहेको छ ।
पुर्व मन्त्री तथा प्रदेश सांसद राजकुमार ओझामा समेत पदको लोप भएको पार्टी भित्रबाट आरोप लाग्ने गरेको छ । यदि उनले आगामी निर्वाचनको लागि पार्टीबाट मेयर पदको टिकट पाए केही थरी एमाले २०७४ सालको मेयरमा गरेको अन्तरघातको बदला लिने दाउमा छन । ओझालाई २०७४ सालको स्थानिय तहमा केदार गुरागाई माथी अन्तरघात गरेको आरोप लाग्दै आएको छ ।
त्यसो त ओझालाई पद कै लागि माधव कुमार नेपाल एमालेमा रहदा गुट परिवर्तन गरि ओली गुटमा लागेको आरोप लाग्दै आएको छ । ओझा आफ्नो पदको लागि जुन सुकै कुरा स्विकार्न पनि सक्ने भन्दै पार्टी भित्र नै अविश्वास रहेका व्यक्ती हुन ।
भुगोलको द्वन्द्व सुन्दरहरैचामा व्यापक रहेको छ । त्यही भुगोलको आवाज उठाउदै आएका अजम्बर राईको नगरमा जनमत कम भएको आफ्नै पार्टी भित्रबाट आवाज उठ्दै आएको छ । पार्टीका काममा लगनशिल भएता पनि जनविश्वास कम भएका कारण राईलाई यसपटक मेयर पदको टिकट दिन नहुने नेताहरुको बुझाई छ ।
तीन जना मेयर पदका लागि चर्चामा आएका व्यक्तीहरु विवादमा आएपछी सुरेन्द्रबहादुर थापा एमालेको बलियो उम्मेदवार रहेको एमाले जनमा चर्चामा आएका छन । राम्रो छवि साथै जनमानसमा भिजेका थापालाई टिकट दिन्ज पर्ने एमाले जनबाट आवाज आएको छ ।
काङ्ग्रेसबाट शिवप्रसाद ढकाल र देवराज तामाङ मध्ये एक जनाले मेयर पदको टिकट पाउने निश्चित भएको हुदा उनिहरु सग जित हासिल गर्न सक्ने एकमात्र उम्मेदवार सुरेन्द्रबहादुर थापा रहेको एमाले जनको बुझाई रहेको छ । थापाको पारिवारिक स्थिती सुन्दरहरैचामा बलियो रहदै आएको छ । थापा परिवारको नगरका विभिन्न क्षेत्रमा पुष्तौ देखी योगदान रहदै आएको छ ।