


बेलबारी । मोरङको बेलवारी नगरपालिका-४ को बेतना सिमसार क्षेत्रमा गत ८ गते चाँदीको गर-गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा दमक नगरपालिका-३ का २५ बर्षीय सबिन बिश्वकर्मा, बर्दिबास नगरपालिका-१ का ३४ बर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका-६ उदयपुरका २४ बर्षीय बिशाल बि.क. र ईटहरी-५ का २४ बर्षीय बादल बि.क. रहेका छन् । पक्राउ परेको यो समुहले चैत्र ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गर-गहना लुटपाट गरेको थियो ।


यसरी दमकबाट बर्दिबास लैजाँदै गरेको चाँदीका गहना लुटपाट भएको सूचना प्राप्त भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोलीले लुटपाटमा संग्लग्न मध्ये ४ जनालाई चाँदीका गहना सहित नियन्त्रणमा लिएको हो ।


घटनामा संग्लग्न अर्का एक जना फरार रहेको र उनको समेत खोजतलास भईरहेको तथा पक्राउ परेका ब्यक्तिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।