


सुन्दरहरैंचा । प्रधानमन्त्री शेर बहादुर देउवाले सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालको पालामा नगरको धेरै बिकास भएको बताएका छन ।


सुन्दरहरैँचा नगरपालिकाकाे प्रशासनिक भवन शिलान्यास कार्यक्रममा साेमबार उनले आफूले पाएको जानकारीका आधारमा पर्यटकीय क्षेत्रको प्रवर्द्धन, शिक्षा क्षेत्रमा फड्को , बिकास निर्माणको कार्यमा ढकाल नेतृत्वको स्थानीय तहले धेरै काम गरेको बताए ।


नेपाल सरकारले उपलब्ध गराएकाे ४ विघा ८ कठ्ठा जग्गामा सुन्दरहरैँचा नगरपालिकाले २७ कराेड लागतमा प्रशासनिक भवन निर्माण सुरु गरेकाे छ ।


प्रधानमन्त्री देउवाले सुन्दरहरैँचा नगरपालिकाकाे गाेठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने प्रतिवद्दता समेत व्यक्त गरेका थिए ।
नगरप्रमुख ढकालको निमन्त्रणामा सोमबार प्रधानमन्त्री देउवा मोरङको सुन्दरहरैचा नगरपालिकामा पहिलो पटक आएका हुन । उनले सोमबार सुन्दरहरैचा वडा नं १ मा निर्माण भएको नगर अस्पातलको उद्घाटन गरे भने वडा नं ८ मा नगरको प्रशासनिक भवन सिलान्यास गरे ।