


सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा प्रधानमन्त्री शेरबहादुर देउवा आउने भएका छन ।


भोली ७ गते सोमबार सुन्दरहरैचा नगरपालिकाले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा सुन्दरहरैचा आउन लागेका हुन ।


नगरप्रमुख शिवप्रसाद ढकालको निमन्त्रणामा प्रधानमन्त्री देउवा सोमबार भोलि सुन्दरहरैचा आउने भएका हुन । प्रधानमन्त्री देउवालाई निमन्त्रणा गर्न फागुन २७ गते नगरप्रमुख ढकाल काठमाडौ प्रधानमन्त्री कार्यालय गएका थिए ।


नगरप्रमुख ढकाल, राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझी , काङ्ग्रेस केन्द्रिय सदस्य अमृत अर्याल साथै सुन्दहरैचा काङ्ग्रेस नगरसभापती भक्तीप्रसाद सिटौलाले प्रधानमन्त्री देउवालाई सुन्दरहरैचा आउन निमन्त्रणा गरेका थिए ।
सोमबार सुन्दरहरैचा नगरपालिकाको सलकपुरमा निर्माण हुने प्रशासनिक भवनको शिलन्यास, हरैचामा निर्माण भएको नगर अस्पतालको उद्घाटन साथै बुधबारेमा निर्माण हुने कृषि बजारको शिलन्यास गर्ने प्रधानमन्त्री देउवाको कार्य शुचि रहेको नगरप्रमुख ढकालले बताए ।
नगरको विभिन्न कार्यक्रममा आएका प्रधानमन्त्री देउवाले सुन्दरहरैचामा कार्यकर्ता सग भेटघाट गर्ने कार्य सुचि समेत रहेको छ ।