


इटहरी । सप्तकोशी नदिमा डुबेर एक जना व्यक्ती मृत फेला परेका छन । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका व्यक्ती मृत फेला परेका हुन ।


बराहक्षेत्र नगरपालिका-६ का १८ बर्षीय प्रेम कुमार पाण्डे मृत फेला परेका हुन । चैत्र ४ गते दिउँसो साँढे ३ बजे नदीमा पौडी खेल्ने क्रममा पाण्डे बेपत्ता भएका थिए ।


प्रहरी टोली तथा स्थानीयवासीहरु समेतको सहयोगमा खोजतलास गर्ने क्रममा आज आइतबार दिउँसो साँढे २ बजे डुबेर बेपत्ता भएको स्थान भन्दा करिव ६ किलोमिटर दक्षिणमा मृत अवस्थामा पाण्डेको शव फेला पारेको हो ।


पाण्डेको शव फेला पारेसंगै शव परिक्षणको लागी अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।