


रंगेली । मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप अग्रवाल र उपमेयर केशवकुमारी खरेल सहित माओवादीबाट जितेका सबै जनप्रतिनिधि नेकपा एमाले प्रवेश गरेका छन् ।


बुधबार रंगेलीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेयर अग्रवाल र उपमेयर खरेल सहित सबैलाई पार्टीमा स्वागत गरेका छन् ।


अग्रवालसँगै हजारौँ नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको मोरङ एमालेले जनाएको छ । एमाले प्रवेश गर्न लागेपछि माओवादी केन्द्रले मेयर अग्रवाललाई कारबाही गरेको थियो ।


तत्कालीन नेकपा विभाजनसँगै अग्रवाल केपी ओली पक्षसँग नजिकिएका थिए । रंगेली नगरपालिका बाट ३१ सय नेता तथा कार्यकर्ता हरु विभिन्न पाटि परित्याग गरि एमाले मा प्रवेश गरेका छन ।