


सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा स्थित विराटचोकको पुर्बपश्चिम लोकमार्गमा धुलोले आँखै देख्न नसकेर खपिनसक्नु भै सडक दुर्घटना हुने सम्भावना बढे पछि स्थानीय युवा तथा सर्वसाधारणहरुले आईतबार सडक नै अबरुद्ध गरेका छन् ।


सडक अबरुद्धका कारण धेरै सवारी यन्त्रहरुलाई सास्ती भएको छ । सडक अवरुद्ध गर्नेहरुले जेसिवी लगाएर भत्काएको सडक चाडैं निर्माण गर्नु पर्ने तथा बन्दै गरेको सडकमा धुलो नियन्त्रणका लागि राम्रोसँग पानि हाल्नु पर्ने लगायतका माग राखेका छन् ।


सडक निर्माणका क्रममा सडकमा धुलो उडेर सास्ती खेप्न बाध्य भएका स्थानिय बासीहरुले केही बेर सडक अवरुद्ध गरेका हुन ।

