


बेलबारी । मोरङ्गको बेलबारी नगरपालिका ४ मा रहेको जडिबुटी क्षेत्रमा टिकटकहरुको भिड बढेर जडीबुटी नै नष्ट हुन थालेको छ ।


पछिल्लो केहीदिन यता सोही क्षेत्रमा टिकटकरहरु टिकटक बनाउन हुलका हुल आउन थालेका भिडले सोही क्षेत्रबाट उत्पादन हुने जडिबुटी कुल्चेर नष्ट समेत भएको छ ।


त्यहा उत्पादित जडिबुटी प्रतिकिलो १ हजार सम्ममा बिक्री हुने गर्दछ । प्रहरी तथा स्थानियले टिकटक बनाउन आउनेलाई हटाए पनि टिकटकरहरु अझ त्यस क्षेत्रमा आउने क्रम रोकिएको छैन ।

