


सुन्दरहरैँचा । किवानिस क्लब अफ सुन्दरहरैँचाले नगरका विभिन्न विधालयका विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।


केही दिन अघि किवानिसले सुन्दरहरैँचा नगरपालिकाले वडा नं ९ रहेको श्री राम प्राथमिक विधालय, वडा नं ११ को हिमालय प्राथमिक विधालय र जुडि आधारभुत विधालयमा अध्ययन गर्ने विधार्थीहरुका लागि कपि र कलम वितरण गरेको थियो ।


किवानिसले पुन: नगरको ११ नं वडामा रहेको श्री आदर्श आधारभूत विधालयका विधार्थीहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरेको छ ।


किवानिसले आदर्श आधारभुत विधालयका ६१ जना विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । किवानिसले हाल सम्म चार वटा विधालयका ५०६ जना विधार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्री वितरण गरिसकेको किवानिस किवानिस सुन्दरहरैँचाका अध्यक्ष विनोद भट्टराईले बताए ।
अध्यक्ष भट्टराईका अनुसार किवानिसले नगरका सबै विधालयमा गरिब तथा विपन्न वर्गका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्ने बताएका छन ।
किवानिस क्लब अफ सुन्दरहरैचा एक बालबालिकाको क्षेत्रमा कार्य गर्ने स्थापना गरिएको सामाजिक सस्था हो । बालबालिकाको क्षेत्रमा कार्य गर्न स्थापना गरिएको भएता पनि नगरका विभिन्न सामाजिक क्षेत्रमा समेत यस सस्थाले कार्य गर्दै आईरहेको अध्यक्ष भट्टराईले बताए ।
किवानिस सुन्दरहरैचाले सञ्चालन गरेको यस शैक्षिक सामग्री वितरणमा निकेश विष्टले आर्थिक सहयोग गरेका हुन । उनले किवानिसले गरेको अन्य कार्यक्रममा समेत आगामी दिनमा सहयोग गर्ने बताएका छन ।