


सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल यति खेर चर्चामा रहेका छन । मेयर ढकाल आफै विकास निर्माणका काममा सक्रिय हुन थालेपछि उनी नगरमा लोकप्रिय बन्दै गएका छन ।


बिहिबार नगरमा एक अनौठो घटना घट्यो । नगर भरी चर्चाको विषय बन्यो । मेयर ढकाल स्कुटरमा गाउँगाउँ मा देखिँदा नगरवासी आफै चकित बनेका थिए ।


बिहिबार मेयर ढकालले स्कुटरमा चढेर नगरका विभिन्न वडाका विकास निर्माणका कार्य हुँदै गरेका स्थानमा गएर अवलोकन गरेका छन ।


ढकाललाई जब स्कुटरमा स्थानिय नागरिकले देखे निकै खुशी हुँदै नागरिकले वडाका टोल टोलमा मेयर ढकाललाई स्वागत गरेका थिए ।
नागरिकले जनताको मेयर ढकाल भएको आभास पाएको सुन्दरहरैँचा नगरपालिकाका स्थानिय हरि कार्कीले बताए । जब स्थानिय कार्की सामान्य आफ्नो करेसाबारीमा आफ्नो काम गर्दै थिए मेयर ढकाललाई एक्कासी स्कुटरमा देखेर आफू चकित भएको उनले सुनाए ।
ढकाल हरेक बिहान र साझमा विकास निर्माणको कार्य अवलोकन साथै नागरिकको गुनास सुन्न गाउँ गाउँ पस्ने गर्छन ।
दुई पांङ्ग्रे सवारी साधनमा हिड्दा विकास निर्माणको कार्य के कति भयो र नगरको स्थिती के छ भन्ने जानकार भएको हुदा आफू दुई पाङ्ग्रे सवारी साधनमा यात्रा गरेको मेयर ढकालले बताए ।
मेयर ढकालले दुई पाङ्ग्रे सवारी साधनमा यात्रा गर्दा यति खेर ढकालले नगरमा थप लोकप्रियता पाएका छन ।