


सुन्दरहरैँचा । अवैधानिक औषधि विक्री गर्ने सुन्दरहरैँचा वडा नं १० मा रहेको नेती फर्माका सञ्चालकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।


ईलाका प्रहरी कार्यालय बेलबारीले अवैधानिक औषधि सहित सोमबार नेती फर्माका सञ्चालक सुशील काफ्ले र औषधि प्रयोगकर्ता अन्य ७ जनालाई पक्राउ गरेको छ ।


सोमबार प्रहरीले डे ड्रीम मेडिसिन सेन्टर र त्यहिबाट सञ्चालित नेती फर्मबाट जम्मा ९६,७१३ चक्की अविधानिक औषधि बरामद गरेको हो ।



प्रहरीले उक्त मेडिसिन सेन्टरबाट neurin-75 – १८,९२३ चक्की, apabalin-75- १४,७०० चक्की, spaspaian- ४४,३७० चक्की, antikof- १७,७२० चक्की र pre-z-75 – १,२०० चक्की बरामद गरेको हो ।
सोमबार औषधि विभाग र ईलाका प्रहरी कार्यालय बेलबारीले गोप्य सुचनाको आधारमा उक्त नेती फर्मामा खोजतलास गरेको थियो ।