EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

केराबारीका भट्टराईको हत्यामा संलग्न एक जना पक्राउ

by Eastkhabar
फाल्गुन ८, २०७८
in प्रदेश १
0
केराबारीका भट्टराईको हत्यामा संलग्न एक जना पक्राउ
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैँचा । मोरङको केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भट्टराईको हत्यामा संलग्न केराबारी–३ रामपुरका ३५ वर्षीय कमल लिम्बूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जील मुकारुङले जानकारी दिए । उनका अनुसार लिम्बू केराबारी–रामपुर चल्ने बसका सहचालक भएको खुलेको छ । मादक पदार्थ सेवन (मापसे) गरिरहेका बेला विवाद उत्पन्न भएपछि रडले हानेर लिम्बूले भट्टराईको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्या गरेपछि लिम्बू एक्लैले एक घण्टा पर जङ्गलमा लगेर शव रुखको जराभित्र लुकाएको खुलेको छ । ‘घटनास्थलबाट काँधमा बोकेर एक घण्टा पर पुर्याउँदै शवलाई रुखको जराभित्र लुकाएर लिम्बू आफ्नो घर फर्किएको पाइयो,’ डिएसपी मुकारुङले भने, ‘बाटोमा दुई ठाउँ बिसाएर लुकाउने ठाउँसम्म शव पुर्याएको खुलेको छ ।’

लिम्बूविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले आइतबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाउने भएको छ । प्रहरीका अनुसार रक्सी खाने क्रममा सामान्य विवाद हुँदा लिम्बूले रड प्रहार गर्दा भट्टराई घटनास्थलमै ढलेका थिए । अहिलेसम्मको अनुसन्धानबाट हत्या उनी एक्लैले गरेको खुलेको मुकारुङको भनाइ छ । प्रहरीले भने हत्यामा अरुको पनि संलग्नता रहेको हुनसक्ने आशङ्कामा थप अनुसन्धान भइरहेको जनाएको छ ।

घरबाट मच्छिन्द्र मेला जान भनेर निस्किएका भट्टराईको शव १२ दिनपछि गत माघ ९ गते चारकोसे जङ्गलमा ढलेको रुखको जराभित्र भेटिएको थियो । मेला पुस २३ गतेदेखि २९ गतेसम्म लागेको थियो । आफन्त र परिवारका सदस्यले हत्या गरेर शव लुकाइएको बताउँदै घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै आएका थिए ।
गत पुस २७ गतेदेखि हराइरहेका भट्टराईलाई स्थानीयले भने २८ गते मेलामै देखेको बताउँदै आएका थिए ।

उनको शव कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा फेला परेको थियो । भट्टराई पनि केराबारी–भोगटेनी–रामपुर चल्ने सार्वजनिक बसमा सहचालकको काम गर्थे ।

Post Views: 524
Previous Post

एमसिसी संसदको कार्यसुचीमा

Next Post

बक्राघाट निर्माणमा अवरोध सृजना गर्न खोजीयोः संयोजक

Eastkhabar

Related Posts

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु
प्रदेश १

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु

माघ २४, २०७९
सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
Next Post
बक्राघाट निर्माणमा अवरोध सृजना गर्न खोजीयोः संयोजक

बक्राघाट निर्माणमा अवरोध सृजना गर्न खोजीयोः संयोजक

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.