


संखुवासभा । संखुवासभा जिल्लाको साँवापोखरी गाउँपालिकामा छोराले बाबुको हत्या गरेका छन । साँवापोखरी गाउँपालिका २ बस्ने अन्दाजी ५० बर्से बलबहादुर दर्जीलाई उनकै छोराले हत्या गरेको प्रहरीले जनाएको छ ।


घरायसी विवादमा छोराले बाबुको हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार घरायसी विवादमा झगडा हुदा बाबू छोरा दुवैले मादक पदार्थ सेवन गरेका थिए । मादक पदार्थ सेवन गरि शुक्रबार राती ११:३० बजे बाबू दर्जीको मृत्यु भएको हो ।


दर्जीको घटना स्थलमा नै मृत्यु भएको प्रहरी स्रोतले बताएको छ । दर्जीको छोरालाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

