


सुन्दरहरैचा । डाँका चोरी मुद्दाका फरार प्रतिवादी सुन्दरहरैचा नगरपालिका वडा नं १ बस्ने बर्ष ३५ को चन्द्र वहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।


उनलाई २०७३ श्रावण १९ गतेको जिल्ला अदालत मोरङको फैसलाले ६ वर्ष कैद र रु २ लाख चौसठ्ठी हजार पाच सय छब्बीस रुपैयाँ पचास पैसा जरिवाना ठहर भई फरार रहेका थिए ।


डाँका चोरी गरी फरार भएको घटनामा संलग्न उनलाई सम्पूर्ण अनुसन्धान कार्य पश्चात मोरङ जिल्ला अदालतको आदेशले ६ वर्ष कैद र रु २ लाख चौसठ्ठी हजार पाच सय छब्बीस रुपैयाँ पचास पैसा जरिवाना सहित उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कैलाली पठाइएको थियो ।


फरार रहेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार पक्राउ गरी कैद भुक्तानीको लागि मोरङ कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।