


केराबारी । मोरङको केराबारी गाउपालिकाबाट गाजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका -४ का २४ बर्षीय दिपक दर्नाल रहेका छन ।


पक्राउ परेका दर्नाललाई १ के.जि. लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । दर्नाललाई हिजो बेलुका पौने ८ बजे ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।


केराबारी गाउँपालिका -१० बगैचा टोल स्थितबाट उनले बोकेको झोलामा उक्त परिमाणको गाँजा फेला पारेको थियो ।


पक्राउ परेका दर्नालको ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।