


काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ ।


मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो ।


सत्ता गठबन्धनले जेठ भित्र स्थानिय तहको निर्वाचन गर्न प्रस्ताव गरेको थियो । तर आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गतेको मिति तोकेको हो ।

