EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सुकुना बहुमुखी क्याम्पसको पन्ध्रौँ परिषद् बैठक सम्पन्न

by Eastkhabar
माघ २१, २०७८
in शिक्षा
0
सुकुना बहुमुखी क्याम्पसको पन्ध्रौँ परिषद् बैठक सम्पन्न
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । मोरङको पूर्व क्षेत्रकै अति प्रतिष्ठित र गुणस्तीय शिक्षाको केन्द्रका रुपमा रहेको सुकुना बहुमुखी क्याम्पसको पन्ध्रौँ परिषद् बैठक सम्पन्न भएको छ । परिषद् बैठकको अवसरमा विहानी सत्रमा छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरिएको थयो भने दिवा सत्रमा सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा क्याम्पसको पन्ध्रौँ परिषद् बैठक सञ्चालन गरिएको थियो ।

क्याम्पसमा जम्मा २३२ जना परिषद् सदस्य रहेका छन् । छात्रवृत्ति वितरण कार्यक्रममा विभिन्न सङ्घ संस्था तथा दाताबाट प्रदान गरिएको, अक्षयकोषको व्याज र क्याम्पसको आन्तिरिक स्रोत समेतबाट कक्षा ११ र १२, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई रु.८,५३,३००।– (आठलाख त्रिपन्न हजार तीन सय) रकम छात्रवृत्ति वितरण गरिएको थियो ।

सबैलाई सञ्चालक समितिका उपाध्यक्ष गोपालबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले गरेका थिए । कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको रहेको थियो ।

प्रमुख अतिथी रहेका सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका थिए । ढकालले सुन्दरहरैचा नगरपालिका भरी अध्ययन गर्ने विधार्थीहरुलाई नगरको तर्फबाट समेत छात्रवृत्ति प्रदान गर्दै आएक्जो बताएका थिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले आफुले क्याम्पसमा प्राविधिक शिक्षामा जोड दिने बताउदै क्याम्पसमा स्मार्ट कक्षा सञ्चालन गर्न लागेको बताए । उनले प्राविधिक शिक्षाको क्षेत्र क्रमिक रुपमा विस्तारै बढ्दैछ सोही रुपमा क्याम्पसले समेत अब प्राविधिक शिक्षामा विस्तारै अघी बढ्ने बताए ।

परिषद् बैठकमा क्याम्पस प्रमुख चन्द्रमणि राईले क्याम्पसको प्रगति प्रतिवेदन २०७८, चालु आर्थिक वर्ष २०७८/०७९ को लागि रु. १९,७६,६८,९११।४१ ( उन्नाइस करोड छयहत्तर लाख अठसठ्ठी हजार नौ सय पैसा एकचालिस) को अनुमानित आय–व्यव बजेट, नीति तथा कार्यक्रम र वार्षिक कार्ययोजना साथै आ.व. २०७७/०७८ को वाह्य लेखापरीक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा लेखा समितिका संयोजक चूडामणि तिम्सिनाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन र पुनरावेदन समितिका संयोजक अमृतप्रसाद आचार्यले पुनरावेदन समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सदस्य सुरेन्द्रबहादुर थापाले क्याम्पस विधान २०७७ को पहिलो संशोधन २०७८ प्रस्तुत गरेका थिए ।

Post Views: 677
Tags: सुकुना बहुमुखी क्याम्पससुन्दरहरैचा नगरपालिका
Previous Post

केपी ओली मिस गाइडेड भए, काङ्ग्रेस सँग सहकार्य हुन्छ: महेश आचार्य

Next Post

सुकुना क्याम्पस: छात्रवृत्ति सुकिला मुकिलाको हातमा

Eastkhabar

Related Posts

बेलबारीको शैक्षिक सस्थाहरु कुपोषित बालक जस्तै देखिए: मेयर राई
शिक्षा

बेलबारीको शैक्षिक सस्थाहरु कुपोषित बालक जस्तै देखिए: मेयर राई

पुस २१, २०७९
पुर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक र कर्मचारी विभुषित
शिक्षा

पुर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक र कर्मचारी विभुषित

पुस १९, २०७९
सुकुना क्याम्पसमा बढी राजनीति भयो: सांसद शर्मा
शिक्षा

सुकुना क्याम्पसमा बढी राजनीति भयो: सांसद शर्मा

पुस १६, २०७९
बेलबारीको सगरमाथा स्कुलको २७ औ बार्षिक उत्सव सम्पन्न
शिक्षा

बेलबारीको सगरमाथा स्कुलको २७ औ बार्षिक उत्सव सम्पन्न

पुस ११, २०७९
सुन्दरहरैँचामा शिक्षक र कर्मचारी सम्मानित
शिक्षा

सुन्दरहरैँचामा शिक्षक र कर्मचारी सम्मानित

अशोज १०, २०७९
सुन्दरहरैंचामा खुल्यो क्यापिटल कन्सल्टेन्सी
शिक्षा

सुन्दरहरैंचामा खुल्यो क्यापिटल कन्सल्टेन्सी

भदौ ६, २०७९
Next Post
सुकुना क्याम्पस: छात्रवृत्ति सुकिला मुकिलाको हातमा

सुकुना क्याम्पस: छात्रवृत्ति सुकिला मुकिलाको हातमा

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.