


सुन्दरहरैँचा । पछिल्लो पाँच दिनमा सुन्दरहरैँचा नगरपालिकामा ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।


सामाजिक बिकास मन्त्रालय प्रदेश नं १ का अनुसार पाँच दिनमा सुन्दरहरैँचामा २७ जना महिला र २८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । मोरङमा मात्र मात्र पाँच दिनमा १४३६ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।


प्रदेश १ मा मोरङ, सुनसरी र झापा जिल्लामा कोरोना भाईरसको संक्रमण बढी फैलिरहेको छ ।


मोरङको सबै भन्दा बढी विराटनगर , झापाको विर्तामोड र सुनसरीको इटहरी , धरान जस्ता स्थानिय तहमा सक्रमितको संख्या बढी फैलिरहेको छ ।
त्यस्तै बुधबार सुन्दरहरैँचामा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मोरङमा मात्र बुधबार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।